गृहपृष्ठ Featured लुम्बिनी प्रदेशमा अझै ६९० कैदीबन्दी फरार

लुम्बिनी प्रदेशमा अझै ६९० कैदीबन्दी फरार

बुटवल।

गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा लुम्बिनी प्रदेशमा फरार रहेका ८७९ जना कैदीबन्दीलाई नियन्त्रणमा लिइएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका एसएसपी शारदा प्रसाद चौधरीले आज सो कुराको जानकारी दिएका हुन् ।

उनले एक महिनाको अवधिसम्म फरार रहेका १५६९ जनामध्ये ८७९ जनालाई नियन्त्रणमा लिइएको रातोपाटीलाई जानकारी दिए ।

उनले अझै ६९० जना फरार रहेको समेत बताए । भदौ २४ गते नवलपरासी, कपिलवस्तु, दाङ र बाँके जिल्लाबाट कैदीबन्दीहरु फरार रहेका थिए । चौधरीले भागेका कैदीबन्दीहरुको खोजी कार्य भइरहेको समेत बताए ।

सम्बन्धित् समाचार