कपिलवस्तु । राष्ट्रिय मुक्ति पार्टी नेपालको कपिलवस्तु नगरस्तरीय समिति गठन गरिएको छ ।
बलराम प्रसाद बारीको अध्यक्षतामा २५ सदस्यीय नगर समिति गठन गरिएको हो । समितिमा उपाध्यक्षमा जय प्रकाश पाण्डेय र राम दास यादव, सचिवमा पारसराम कोरी, सह–सचिवमा सोनी पासी, कोषाध्यक्षमा भुलाई चमकटिया चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा अखिलेश प्रसाद कुर्मी, सागर कहांर, विन्ध्याचल पासी, सुनिल आरखलगायत रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला अध्यक्ष कैलाश अग्रहरी रहेका थिए । उनले पार्टी देशभरका अधिकार, पहिचान र सभ्यता–संस्कृतिको रक्षा गर्ने उद्देश्यले गठन गरिएको बताउँदै स्थानीय तहदेखि राष्ट्रिय तहसम्म सशक्त संगठन निर्माणमा लाग्ने प्रतिवद्धता व्यक्त गरे ।
अध्यक्ष अग्रहरीले भने, “हाम्रो संघर्ष अधिकार र पहिचानका लागि हो । यो पार्टी अन्तिम लडाइँका लागि तयार गरिएको हो, जसले देशभरका उपेक्षित समुदायको आवाज बुलन्द गर्नेछ ।”
कार्यक्रममा नवगठित नगर समिति पदाधिकारीहरूले संगठन विस्तार र जनताको अधिकार सुनिश्चितताका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता गरेका छन् ।