गृहपृष्ठ Featured दलहरूलाई निषेध गरेर नजाने प्रधानमन्त्री कार्कीको प्रस्टीकरण

दलहरूलाई निषेध गरेर नजाने प्रधानमन्त्री कार्कीको प्रस्टीकरण

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूलाई निषेध गरेर जान नसकिने प्रस्ट पारेकी छिन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको संसदमा प्रतिनिधित्व गर्ने दलहरूको बैठकमा प्रधानमन्त्री कार्कीले दलहरूले पनि परिवर्तनलाई आत्मसात् गर्नुपर्ने बताइन् ।

कार्कीले दलहरूको सहभातिाविना निर्वाचन नहुने विषयमा सरकार प्रस्ट जानकार रहेको भन्दै स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन गराउन सरकारले शान्तिसुरक्षाको प्रबन्ध गर्ने विश्वास दिलाएकी थिइन् ।

प्रधानमन्त्रीले जेन–जीहरू हामीहरू सबैको छोरा–नाति भएकाले उनीहरूले किन आज यस्तो असन्तुष्टि व्यक्त गरे भन्ने बुझेर परिवर्तनलाई आत्मसात् गर्दै अगाडि बढ्न दलहरूलाई आग्रह गरेकी थिइन् ।

बैठकमा अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीसहित सबै मन्त्री सहभागी थिए । बैठकमा सहभागी एमाले र कांग्रेसका नेताहरूले भने भदौ २४ गते लुटिएका प्रहरीका हतियार र जेलबाट भागेका कैदीबन्दीहरू बाहिरै छाडेर निर्वाचन कसरी गर्न सकिन्छ भन्ने प्रश्न उठाएका थिए ।

सम्बन्धित् समाचार