गृहपृष्ठ खबर कपिलवस्तुमा सवारी दुर्घटना, एक जनाको मृत्यु

कपिलवस्तुमा सवारी दुर्घटना, एक जनाको मृत्यु

वैखरी अनलाइन, बाणगंगा ।
कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार साँझ तौलिहवा जाने बाटोको चोक नजिकै पूर्व–पश्चिम राजमार्गमा पश्चिमतर्फ गइरहेको बा.२.०२३२ च ७६६६ नम्बरको इभी भ्यानको पछाडिबाट बा.२.०४७४ प १८६४ नम्बरको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको हो ।

 

दुर्घटनामा परेका मोटरसाइकल चालक झापा जिल्ला बुद्धशान्ति गाउँपालिका–४ नाङ्ग्रुलेका २१ वर्षीय लोशन पौडेल गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि तत्काल तौलिहवा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका छन् ।

सवारीसाधन र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार