गृहपृष्ठ Featured कृष्णबहादुर महरा पक्राउ

कृष्णबहादुर महरा पक्राउ

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो।

भेपमा सुन तस्करी गरेको प्रकरणमा केही दिनअघि मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर बयान दिएका थिए। सीआईबीले यसअघि मुद्दा नचलाइ राखेको थियो।

अन्तरिम सरकार गठन भएसँगै गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक दबाबमा रोकिएका मुद्दाहरू ‘ब्रेक-थ्रु’ हुन्छ भनेका थिए।

०७९ पुस १० गते फ्लाइ दुबईको जहाजमार्फत नेपाल आएका चिनियाँ नागरिक लि हानसोङले २ वटा सुुटकेसभित्र ७३ बट्टामा रहेको ७३० वटा विद्युतीय चुरोट (भेप) अवैध रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्र्याएको प्रकरणमा महरा जोडिएका छन्।

सम्बन्धित् समाचार