गृहपृष्ठ Featured गगन थापा भन्छन्- कांग्रेस, एमाले र माओवादीका प्रमुख नेतालाई बिदाइ गरौं

गगन थापा भन्छन्- कांग्रेस, एमाले र माओवादीका प्रमुख नेतालाई बिदाइ गरौं

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रमुख तीन दलका नेताहरूलाई बिदाइ गर्नुपर्ने बताएका छन्।

आइतबार सामाजिक सञ्जालमा एक भिडिओ सन्देश जारी गर्दै उनले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का प्रमुख नेताहरूलाई नेतृत्वबाट बिदाइ गरेर संवादको नयाँ वातावरण प्रारम्भ गर्न अपिल गरेका हुन्।

१० वर्षदेखि शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ का बीचमा प्रधानमन्त्री पद घुमिरहेको र आजको समस्याको प्रमुख कारण यही रहेको थापाको भनाइ छ।

‘अझै पनि तपाईंहरू चेत्नुहुन्न? बिदाइ लिनुहुन्न? अझै पनि तपाईंहरूले उहाँहरूलाई हटाउनुपर्दैन? म सुन्छु तपाईंहरू अझै अधिवेशन, विशेष अधिवेशनको कुरा गर्दै हुनुहुन्छ,’ उनले भने।

मतदाताहरूले पार्टीहरूका प्रमुख फेर्न आग्रह गरिरहेको पनि थापाको भनाइ छ।

सम्बन्धित् समाचार