गृहपृष्ठ Featured युएईमाथि नेपालको रोमाञ्चक जित

युएईमाथि नेपालको रोमाञ्चक जित

ओमानमा जारी आइसीसी टी(२० विश्वकप एसिया छनोटको सुपर(६ को आफ्नो पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) माथि रोमाञ्चक जित निकालेको छ ।

नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको युएईले निर्धारित ओभरमा ९ विकेट गुमाएर १३९ रनमात्र बनाउन सक्यो ।

यसअघि अल अमेरात क्रिकेट एकेडेमीमापहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनाएको थियो । नेपालका लागि आसिफ शेखले ५१, कुशल भुर्तेलले २८, रोहित पौडेलले २०, गुल्शन झाले १४ र कुशल मल्लले १० रन बनाए ।

नेपालका लागि भुर्तेल र शेखले ५६ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाए पनि मध्यक्रम नचल्दा नेपाल मध्यम योगफलमा सीमित भएको थियो ।

युएईका लागि जुनैद सिद्दिकी, मोहम्मद रोहिद, जाहिद अली, हैदर अली, हर्षित कौशिक र ध्रुव पराशरले समान एकएक विकेट लिए।

सम्बन्धित् समाचार