गृहपृष्ठ Featured विपिनका दाजु भन्छन् : ‘भाइ फर्किन्छ भन्ने आशा मार्न सकिन्न’

विपिनका दाजु भन्छन् : ‘भाइ फर्किन्छ भन्ने आशा मार्न सकिन्न’

२७ असोज, काठमाडौं। हमासको आक्रमणपछि इजरायलबाट बेपत्ता भएका विपिन जोशी जीवित नरहेको सूचना आए पनि परिवारले अझै आशा मारेको छैन ।

हमासले बन्धकहरु छोड्न अझै पनि बाँकी रहेकाले अहिले नै आश मार्न नसकिने उनका दाजु किशोर जोशीले बताए ।

‘युद्धविराम क्रममा आज बन्धकहरु रिहा भइरहेका छन् । बिहान इजरायलसँग पनि कुरा भयो हमासले आधिकारिक रुपमा छोड्नेमा अझै मान्छेहरु बाँकी छन्,’ दाजु किशोरले कञ्चनपुरस्थित निवासमा भने, ‘त्यसैले हामीलाई अझै आशा बाँकी छ । भाइ आउँछ भन्ने आशा छ । निराश हुनुपर्ने ठाउँ छैन ।’

इजरायली सेना आईडीएफका एक अधिकारीले इजरायलको स्थानीय समय अनुसार आज बिहान साढे ७ बजे विपिन जीवित नरहेको औपचारिक जानकारी इजरायलस्थित नेपाली राजदूतावास र विपिनको परिवारका सदस्यहरुलाई दिएका छन् ।

सम्बन्धित् समाचार