गृहपृष्ठ Featured बाणगंगामा एक पुरुषको शव फेला, पहिचान खुल्न बाकी

बाणगंगामा एक पुरुषको शव फेला, पहिचान खुल्न बाकी

वैखरी अनलाइन, बाणगंगा ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा एक जना पुरुषको शव फेला परेको छ ।

बाणगंगा नगरपालिका वडा नम्बर २ स्थित प्रतिभा सामुदायिक बन क्षेत्रभित्र अन्दाजी ४० बर्षीय पुरुषको शव फेला परेको हो ।

बनभित्र शव देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

उनको पहिचान भने खूल्न नसकेको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । उनको शव अहिले पिपरा अस्पतालमा राखीएको छ ।

सम्बन्धित् समाचार