गृहपृष्ठ खबर साढे ८ कराेड रुपैयाँ बिगाे मागदाबी गर्दै पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता

साढे ८ कराेड रुपैयाँ बिगाे मागदाबी गर्दै पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता

काठमाण्डाै – सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा (माओवादी केन्द्र) का नेता एवम् पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध आज काठमाण्डाै जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले म्याद थप नगरेरै आज मुद्दा दर्ता गरेको हो ।

महरालाई ८ करोड ५५ लाख २८ हजार रुपैयाँ बिगो र ३ वर्षभन्दा धेरै अवधि कैद सजाय माग दाबी गरिएको छ । उनीविरुद्ध भोलिदेखि थुनछेक बहस हुनेछ । महरालाई धरौटीमा रिहा गर्ने कि थुनामा राख्ने भन्ने बहसपछि मात्रै आदेश हुनेछ ।

महराविरुद्ध सङ्गठित अपराध र भन्सार छलीको कसूरमा मुद्दा दर्ता भएको छ । विद्युतीय चुरोट ‘भेप’ मार्फत सुन तस्करी गरेको आरोप लागेका महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हिजो पक्राउ गरेको थियो ।

महराविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरिरहेको छ । केही दिनअघि अख्तियारले पनि उनीसँग बयान लिएको थियो ।

सम्बन्धित् समाचार