गृहपृष्ठ Featured गाजा शान्ति सम्झौता अन्तर्गत इजरायली बन्धक र प्यालेस्टिनी कैदीहरू मुक्त

गाजा शान्ति सम्झौता अन्तर्गत इजरायली बन्धक र प्यालेस्टिनी कैदीहरू मुक्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा भएको सम्झौताअनुसार इजरायल र हमासबीच बन्धक तथा कैदी आदानप्रदान भएको छ । हिजो हमासले सबै जीवित इजरायली बन्दकहरू फिर्ता गरेपछि इजरायलले झन्डै दुई हजार प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायली संसदलाई सम्वोधन गर्दै ‘मध्यपूर्वमा नयाँ युगको शुरूवात’ भएको बताउनुभयो । हिजै ट्रम्पले इजिप्टको शर्म एल–शेख शहरमा २० भन्दा धेरै देशका नेताहरूसँग युद्ध अन्त्यका आउँदो चरणबारे समेत छलफल गर्नुभएको छ ।

सम्झौता अनुसार इजरायलले एक हजार सात सय अभियोगविहीन बन्दी र दुई सय ५० जना आजीवन कारावास भोगिरहेका प्यालेस्टिनीलाई मुक्त गरेको छ । यस घटनालाई दुई वर्षदेखि चलिरहेको गाजाको युद्ध अन्त्यतर्फको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

तर, विशेषज्ञहरूले स्थायी शान्ति स्थापना गर्न अझ कठिन वार्ता र राजनीतिक सहमति आवश्यक रहेको बताएका खबरमा उल्लेख छ ।

सम्बन्धित् समाचार