गृहपृष्ठ Featured रूपन्देहीमा देउसी–भैलो राति ९ बजेसम्म मात्रै

रूपन्देहीमा देउसी–भैलो राति ९ बजेसम्म मात्रै

भैरहवा — यसपटक तिहार अवधिमा रूपन्देही जिल्लाभित्र राति ९ बजेसम्म मात्रै देउसी–भैलो खेल्न पाइने भएको छ । जिल्लाको प्रतिकूल सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिले यस्तो निर्णय गरेको हो ।

 

प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेका अनुसार आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सामाजिक सद्भाव कायम राख्दै सुरक्षा व्यवस्था दुरुस्त राख्न तिहारमा राति ९ बजेसम्म मात्रै देउसी–भैलो खेल्न पाउने निर्णय गरेको हो । सुरक्षा समितिले देउसी–भैलोमा सहभागी हुनले मर्यादित पोसाक लगाउनु पर्ने र मादक पदार्थ सेवन गर्न नपाइने निर्णय गरेको छ ।

‘देउसी–भैलो व्यवस्थित गर्न सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गरिनेछ,’ प्रमुख जिल्ला अधिकारी पाण्डेले भने, ‘सुरक्षा व्यवस्था खल्बलिन नदिन र नागरिकलाई सुरक्षा प्रत्याभूति गराउन यस्तो निर्णय गरिएको हो ।’

सम्बन्धित् समाचार