गृहपृष्ठ Featured जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक हुँदै देउवा

जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक हुँदै देउवा

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ।

जेनजी आन्दोलनपछिको राजनीतिक परिस्थिति र पार्टी रणनीति विषयमा छलफल गर्न कांग्रेसको बैठक आज दिउँसो १ बजे सानेपामा बस्न लागेको हो।

आजको बैठकमा सभापति शेरबहादुर देउवा पनि सहभागी हुँदैछन्। देउवा लामो समयपछि पहिलोपटक सार्वजनिक बैठकमा सहभागी हुन लागेका हुन्।

आजको बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश सभापतिहरू उपस्थित हुने एक नेताले जानकारी दिए।

बैठकअघि बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक बस्नेछ, जसमा केन्द्रीय कार्यसमितिमा पेश गर्ने साझा एजेण्डा तय गर्ने लक्ष्य राखिएको छ।

सम्बन्धित् समाचार