गृहपृष्ठ Featured इजिप्टमा ट्रम्पले गरे गाजा शान्ति योजनामा ​​हस्ताक्षर

इजिप्टमा ट्रम्पले गरे गाजा शान्ति योजनामा ​​हस्ताक्षर

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र इजिप्ट, कतार र टर्कीका नेताहरूले गाजामा शान्ति पुनर्स्थापना गर्ने घोषणापत्रमा हस्ताक्षर गरेका छन्।

सोमबार इजिप्टको सर्म अल-शेखमा २० भन्दा बढी देशका नेताहरूको उपस्थितमा आयोजित सम्मेलनमा उनीहरूबीच हस्ताक्षर भएको बीबीसीले उल्लेख गरेको छ।

यस अवसरमा ट्रम्पले भने, ‘एउटा नयाँ र सुन्दर दिन उदाइरहेको छ; पुनर्निर्माण अब सुरु हुँदै छ।’

उनले इजरायल र हमासबीच युद्धविराम गराउन मद्दत गरेकामा मध्यपूर्वी देशका नेताहरूको प्रशंसा गरे।

यसैबीच इजिप्टका राष्ट्रपति अब्देल फताह अल-सिसीले यो दिनलाई ‘ऐतिहासिक’ भनेका छन्।

सोमबार ट्रम्पको गाजा शान्ति योजनाको पहिलो चरणको एक भागका रूपमा इजरायली बन्धक र प्यालेस्टिनी कैदीहरू आदानप्रदान गरिएको छ।

सम्झौताअन्तर्गत हमासले सोमबार २० जीवित र ४ जना मृत बन्धक फिर्ता गरिसकेको छ। अब उसले २४ इजरायली बन्धकको शव फिर्ता गर्न बाँकी छ।

सम्बन्धित् समाचार