गृहपृष्ठ Featured नख्खु कारागारबाट फरार कैदी गुल्मीबाट पक्राउ

नख्खु कारागारबाट फरार कैदी गुल्मीबाट पक्राउ

गुल्मी — जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार एक कैदी गुल्मीबाट पक्राउ परेका छन् । गोप्य सूचनाका आधारमा प्रहरीले निजलाई मंगलबार उनको घरबाटै पक्राउ गरेको हो ।

धुर्कोट गाउँपालिका-७ थेप्चेका ३६ वर्षीय साजन अर्याललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।

जबर्जस्ती करणी मुद्दामा नख्खु कारागार ललितपुरमा रहेका अर्याल जेनजी आन्दोलनका क्रममा फरार भएका थिए ।

प्रहरी चौकी मर्भुङबाट प्रहरी सहायक निरीक्षक दीपक शाहको कमाण्डमा प्रहरी टोली खटिएको थियो । पक्राउ परेका अर्याललाई कानुनी कारबाहीका लागि कारागार कार्यालय गुल्मीमा पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार