गृहपृष्ठ Featured पाकिस्तान-अफगानिस्तान सेनाबीच सीमामा भीषण झडप

पाकिस्तान-अफगानिस्तान सेनाबीच सीमामा भीषण झडप

काठमाडौं ।

पाकिस्तान र अफगानिस्तानका सैनिकहरूबीच मंगलबार सुदूरउत्तर–पश्चिमी सीमा क्षेत्रमा झडप भएको छ । पाकिस्तानको सरकारी सञ्चारमाध्यमले अफगानिस्तानका सैनिकहरूमाथि गोलाबारी भएको आरोप लगाउँदै जवाफी कारबाही गरिएको बताएको छ ।

पाकिस्तानका सुरक्षा अधिकारीका अनुसार, पाकिस्तानी सेनाले जवाफी कारबाही गर्दा अफगान ट्यांक र सैन्य चौकीहरूमा क्षति पुगेको छ ।

अफगानिस्तानको खोस्त प्रान्तका प्रहरी उपप्रवक्ता ताहिर अहरारले झडप भएको पुष्टि गरे पनि थप जानकारी दिएनन् ।

यो हप्ता दुवैतर्फबाट गोलाबारी भएको यो दोस्रो घटना हो । पाकिस्तानको सरकारी सञ्चार माध्यमका अनुसार, अफगानिस्तानको सेना र पाकिस्तानी तालिबानले संयुक्तरूपमा एउटा पाकिस्तानी चौकीमा गोलाबारी गरेका र यसको जवाफमा खैबर पख्तुनख्वा प्रान्तको कुर्म जिल्लामा पाकिस्तानी सैनिकहरूले कडा जवाफ फर्काएको उल्लेख छ ।

सुरक्षा अधिकारीहरूले पाकिस्तानी सेनाले पाकिस्तानी तालिबानको एउटा विशाल तालिम केन्द्रलाई पनि नष्ट गरिदिएको बताएका छन् ।

पाकिस्तानी सेनाले यो घटनाबारे टिप्पणी गरेको छैन । शनिबार दुवै पक्षबीच सीमावर्ती क्षेत्रहरूका धेरै स्थानमा गोलाबारी भएको थियो, जसबाट दुवै पक्षका दर्जनौँ मानिस हताहत भएका थिए । त्यसपछि सेना सतर्क (अलर्ट) अवस्थामा छ ।
यद्यपि, साउदी अरब र कतारको अपिलपछि आइतबार झडपहरू रोकिएका थिए । तर, पाकिस्तान र अफगानिस्तानबीचका सबै सीमा बन्द छन् । एपी

सम्बन्धित् समाचार