गृहपृष्ठ Featured बाँकेमा मेला हेर्न गएकी १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

बाँकेमा मेला हेर्न गएकी १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

बाँकेमा मेला हेर्न गएकी एक नाबालिकालाई ललाइफकाइ होटलमा पुर्‍याएर बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। राप्ती सोनारी गाउँपालिका – २ मधुवाका २४ वर्षीय लक्ष्मण खत्री बालिका बलात्कार आरोपमा पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी चक्रडम्मर पालका अनुसार पीडितको किटानी जाहेरीपछि खत्रीलाई मंगलबार दिउँसो पक्राउ गरिएको हो।

डिएसपी पालका अनुसार मेला हेर्न गएकी बालिकालाई ललाईफकाइ गरी खत्रीले होटलमा पुर्‍याएका थिए। १२ वर्षीया बालिकालाई एक होटलमा पुर्‍याई नौ दिनसम्म खत्रीले बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख छ।

घर परिवारले होटल पत्ता लगाएपछि बालिकाको उद्धार गरेको थियो। त्यसपछि पीडित बालिकाले प्रहरीमा आई किटानी जोहरी दिएपछि प्रहरीले खत्रीलाई पक्राउ गरेको हो।

पक्राउ परेका खत्रीमाथि थप अनुस्न्धान गर्न म्याद थपका लागि बुधबार प्रहरीले उनलाई अदालतमा लैजान लागेको डिएसपी पालले बताए।

सम्बन्धित् समाचार