काठमाडौं : श्रीलंकाले जारी महिला क्रिकेट विश्वकपमा शानदार जित हासिल गरेको छ।
गएराति सम्पन्न खेलमा श्रीलंकाले बंगलादेशलाई ७ रनले पराजित गरेको हो। श्रीलंकाले दिएको २०३ रनको लक्ष्य पछाएको बंगलादेशले ५० ओभरमा ९ विकेट गुमाउदै १९५ रन बनाएको थियो।
अन्तिम ओभरमा जितका लागि ९ रन आवश्यक रहेको अवस्थामा बंगलादेशले अन्तिम ओभरमा ४ विकेट गुमाएर केवल १ रन मात्र बनाएपछि श्रीलंकाले खेलमा शानदार कमब्याक गर्दै जित हासिल गरेको थियो।
श्रीलंकाकी कप्तान चामारी अथापथ्थुले अन्तिम ओभरमा एक रनआउटसहित बंगलादेशका चार ब्याटरलाई आउट गरेकी थिइन्। यसअघि श्रीलंकाले पहिला ब्याटिंग गर्दै ४५ दशलमव ४ ओभरमा अल आउट हुँदै २०२ रन बनाएको थियो।
यो जितपछि श्रीलंकाको ६ खेलमा चार अंक रहेको छ र छैटौं स्थानमा उक्लिएको छ। हारपछि बंगलादेश भने सेमिफाइनलको दौडबाट बाहिरिएको छ। बंगलादेशको ६ खेलमा केवल २ अंक रहेको छ।
प्रतियोगिता अन्तरगत आज पाकिस्तान र दक्षिण अफ्रिका आमनेसामने हुनेछन्।









