पूर्व फुटबल खेलाडी, कमेन्टेटर तथा कार्यक्रम उत्पादक अमनप्रताप अधिकारी जेजनी आन्दोलनका बेला देखाएको सहभागिता र उनले बोलेका शब्दका कारण विवादमा तानिएका छन्।
संसद् भवन जलिरहेको पृष्ठभूमि रहेको भिडिओमा अधिकारीले नेताहरुलाई अपाच्य शब्द प्रयोग गर्दै गाली गरेका छन्। त्यति मात्रै होइन, उनले ‘सकियो हेर त्यहाँ तेरो देश, सकियो तेरो राज्य…’ भन्दै आक्रोश पोखेका छन्।
धेरैले उनलाई ‘देशद्रोही’ भन्दै सामाजिक सञ्जालमा तिखो आलोचना समेत गरेका छन्।
पूरानो भिडिओ एकाएक चर्चामा आएर आफ्नो आलोचना हुँदासम्म पनि उननले यसप्रति अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन्।
अधिकारी फुटबल कमेन्टेटर हुने भने उनले ‘हिमालयन रोडिज’को होस्ट गरेका थिए। त्यस्तै ‘द पोयट आइडल’का उनी परिकल्पनाकार र निर्देशक पनि हुन्।










