प्रधानमन्त्री सुशीला कार्कीले आज (आइतबार) मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन्। बालुवाटार स्रोतका अनुसार आज मन्त्रिमण्डलमा चार मन्त्री थपिने भएका हुन्।
गणपतिलाल श्रेष्ठ लामो समयदेखि काठमाडौँ उपत्यकालगायत सांस्कृतिक क्षेत्रको मौलिक सम्पदाको संरक्षण, सम्बर्द्धन र जगेर्नाका क्षेत्रमा क्रियाशील व्यक्ति हुन्। खगेन्द्र सुनार दलित अधिकारको आवाज उठाउने अभियन्ता हुन् भने बब्लु गुप्ता परोपकारी संस्था १०० ग्रुपका संस्थापक हुन्।
आज चार मन्त्री थपिँदा कार्की नेतृत्वको मन्त्रिपरिषद् १२ सदस्यीय हुनेछ। यसअघि मन्त्रिमण्डलमा ८ सदस्य छन्।
जसमा कार्की प्रधानमन्त्री, रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री, ओमप्रकाश अर्याल गृहमन्त्री, अनिलकुमार सिन्हा उद्योग वाणिज्य तथा आपूर्ति, कानुन तथा न्याय, भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्री, महावीर पुन शिक्षा तथा विज्ञान प्रविधि मन्त्री, मदनप्रसाद परियार कृषि तथा पशुपन्छी विकासमन्त्री र जगदीश खरेल सूचना तथा सञ्चारमन्त्री छन्।









