गृहपृष्ठ Featured कपिलवस्तुमा हतियारको प्रहारबाट छोरा घाइते, बुबा पक्राउ

कपिलवस्तुमा हतियारको प्रहारबाट छोरा घाइते, बुबा पक्राउ

वैखरी अनलाइन, कपिलवस्तु ।

कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–२ काफलबुट्टामा बुबाले आफ्नै छोरामाथि हतियार प्रहार गर्दा छोरा घाइते भएका छन्।

प्रहरीका अनुसार ५९ वर्षीय रुद्र बहादुर बस्यालले आफ्नै छोरा १९ वर्षीय पवन बस्यालमाथि घरेलु हतियार (हरिया) प्रयोग गरी प्रहार गरेका हुन्। घटनामा घाइते पवन बस्याललाई उपचारका लागि तत्कालै आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटा लगिएको थियो।

प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवल रिफर गरिएको छ। चिकित्सकका अनुसार घाइतेको अवस्था मध्यम रहेको बताइएको छ।

 

घटनापछि आरोपी बुबा फरार रहेका थिए। प्रहरीको खोजतलासपछि राति करिब ११ बजे नजिकैबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

 

प्रहरीले घटनामा प्रयोग गरिएको हतियार समेत बरामद गरेको र थप अनुसन्धान भइरहेको जनाएको छ।

सम्बन्धित् समाचार