गृहपृष्ठ Featured छठ मनाउन मामा घर आएकी बालिकाको दुर्घटनामा मृत्यु

छठ मनाउन मामा घर आएकी बालिकाको दुर्घटनामा मृत्यु

नवलपरासी– नवलपरासीको सदरमुकाम परासीमा भारतीय नम्बर प्लेटको ट्रक (लहरी)ले ठक्कर दिँदा एक बालिकाको सोमबार साँझ मृत्यु भएको छ ।

सुनौलीहुँदै काठमाण्डौं जान हिडेको भारतीय नम्बर प्लेटको ट्रकले भैरहवा–परासी सडकको बाइपासमा ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

रुपन्देही शुद्धोधन गाउँपालिका–३ रमवापुर घरबाट छठ पर्व मनाउन माइती घर (रामग्राम नगरपालिका– ३ घोडपाली) आएकी उषा चौधरीकी चार वर्षीया छोरी अनुष्का चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भिर घाइते भएकी चौधरीको उपचारको क्रममा पृथ्वीचन्द्र अस्पताल परासीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटना गराउने ट्रक र भारत उत्तर प्रदेश महाराजगञ्ज, ग्राम चैनपुर पोष्ट दरहता बस्ने २९ वर्षिय ट्रक चालक अमरजित बर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित् समाचार