पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीमा मंगलबार दिउँसो माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित १३ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका–२८, लोखरीकी ५५ वर्षीया बुध माया तामाङ रहेकी छिन्। गम्भीर घाइते भएकी उनको आँबुखैरेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार चितवनबाट लमजुङतर्फ जाँदै गरेको बा.प्र. ०३-००१ ज ०९३७ नम्बरको विद्युतीय माइक्रोबस आँबुखैरेनी गाउँपालिका–२, एक्लेफाँटमा दिउँसो १२:२० बजे अनियन्त्रित भई दुर्घटना भएको हो।
चालकले नियन्त्रण गुमाएको माइक्रोबस सडक छेउको भित्तामा ठोक्किएपछि सडकमा रोकिराखेको नेपाल विद्युत प्राधिकरणको बा १ ञ १२८७ नम्बरको गाडीमा ठोक्किन पुगेको थियो।
दुर्घटनामा माइक्रोबसमा सवार १४ जनामध्ये चालक लमजुङका ४२ वर्षीय ईश्वर कुमार श्रेष्ठसहित अन्य १३ जना यात्रु घाइते भएका छन्। उनीहरूको अवस्था सामान्यदेखि मध्यम रहेको र सबैको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घाइतेहरूको अवस्था
ईश्वर कुमार श्रेष्ठ (चालक), ४२ वर्ष, लमजुङ बेसिशहर-८ (अवस्था: मध्यम, टाउकोमा चोट, छाती र ढाड दुखेको)
सान्ता माया तामाङ, ४५ वर्ष, भरतपुर म.न.पा.-१६, चितवन (अवस्था: मध्यम, टाउको र बायाँ कानमा चोट)
कमई तामाङ, ४८ वर्ष, भरतपुर म.न.पा.-२८, लोखरी (अवस्था: मध्यम, घाँटी र दायाँ हातमा चोट)
गंगा बहादुर तामाङ, ४२ वर्ष, भरतपुर म.न.पा.-२८, लोखरी (अवस्था: सामान्य, बायाँ हातमा चोट)
होम कुमारी तामाङ, ४२ वर्ष, भरतपुर म.न.पा.-२८, लोखरी (अवस्था: मध्यम, टाउकोमा भित्री चोट)
रश्मी तामाङ, १५ वर्ष, भरतपुर म.न.पा.-२८, लोखरी (अवस्था: सामान्य, शरीरको बायाँ भाग दुखेको)
डोलराज तामाङ, ३७ वर्ष, भरतपुर म.न.पा.-१६, चितवन (अवस्था: मध्यम, टाउकोमा चोट)
गंगा तामाङ, २० वर्ष, दोर्दी गा.पा.-४, लमजुङ (अवस्था: मध्यम, छाती र बायाँ खुट्टामा चोट)
मैती माया तामाङ, ६३ वर्ष, दोर्दी गा.पा.-८, लमजुङ (अवस्था: मध्यम, छातीमा चोट)
इन्द्र कुमारी तामाङ, ४७ वर्ष, देवचुली न.पा.-१७, नवलपुर (अवस्था: सामान्य, शरीर दुखेको)
गम माया तामाङ, ४१ वर्ष, भरतपुर म.न.पा.-१६, चितवन (अवस्था: सामान्य, दुवै घुँडामा चोट)
मंगली तामाङ, ३० वर्ष, भरतपुर म.न.पा.-१६, चितवन (अवस्था: सामान्य, शरीर दुखेको)
सिर्जना तामाङ, ५ वर्ष, (मंगली तामाङकी छोरी) (अवस्था: सामान्य)









