छठ पर्वको चौथो तथा अन्तिम दिन आज मंगलबार बिहान गरेका छन्।
कपिलवसस्तु नगरपालिका– १ स्थित जमुहरा नाला र रामाट नदी, पकडी कृष्णनगर बहादुरगंज लगायतका ताल तलैयामा उनीहरूले विहान उदाउँदो सूर्यको विशेष पूजापाठ र आधारना गरेका थिए। पर्वको चौथो दिन आज व्रत लिनेहरू पुनः पोखरी, जलाशय किनारमा पुगी सोमबार साँझ गरेको क्रम दोहोर्याइ प्रातः कालीन सूर्यलाई अर्घ दिई पर्वको समापन गरेका हुन्।
हिन्दू धर्म संस्कृतिअनुसार अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइने गरिएको छ। छठ पर्वका अवसरमा सोमवार जिल्लाको अधिकांश पोखरी, तलाउ, खोला, नदीको पानीमा पसेर व्रतालुहरूले अस्ताउँदो सूर्यको आराधना गरी अर्घ दिएका थिए। यस क्रममा व्रतालुले दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता फूल हालेर अन्य अर्घ सामग्री पालैपालो गरीसूर्यलाई अर्पण गर्ने गरिन्छ।
सोमबार गरेकै विधि मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिइ समापन गरिएको छ। विशेष पूजाको अवसरमा उनीहरूले सूर्य र छठी माताको आराधना समेत गरेका थिए। छठमा उपवास बसी पूजाआजा गर्नाले पारिपार सुख संवृद्धिका साथै सन्तान प्राप्ती र रोग व्याधी समेत निको हुने श्रद्धालु भक्तजनहरूको विश्वास छ। छठका अवसरमा चढाइए ठेकुवा लगायतका प्रसाद समेत वितरण गर्नें गरिन्छ।
तराईको हिन्दू धर्मावलम्बीहरूबीच अत्यन्त लोकप्रिय रहेको छठपर्वलाई धार्मिक आस्था र सामाजिक सद्भावको प्रतिकको रूपमा मानिएको छ। पुर्वी तराईमा मात्र मनाइने छठपर्व पछिल्लो समय अवध, भोजपुरा, पडाडमा समेत विस्तार हुँदै गएको छ। जनजाति, दलित, मधेसी, पहडाडी समदाय मिलेर छठ पर्व मनाइएको कपिलवसतु नगरपालिकाका मेयर सुदीप पौडेलले बताए। जमुहार र रामघाट नदीमा ५ हजार बढीले छठमा सामूहिक पूजा गरेको पूजा व्यवस्थापन समितिले जनाएको छ। कपिलवस्तुमा ६५ स्थानमा छठको विधिवत पूजाआजा गरिएको थियो।









