गृहपृष्ठ Featured अब नवलपुरबाटै जिप सफारी !

अब नवलपुरबाटै जिप सफारी !

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति प्राप्त भएको छ। योसँगै पर्यटन व्यवसाय फस्टाउनुका साथै पर्यटन प्रवर्द्धन हुने विश्वासमा यहाँका पर्यटन व्यवसायी उत्साही बनेका छन्।

चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले नवलपुर पर्यटन समितिलाई आर्थिक वर्ष २०८२र८३ का लागि ‘जङ्गल ड्राइभ’ जिप सफारी सञ्चालन गर्न अनुमति दिएको हो। उक्त अनुमतिले पर्यटकीय गतिविधि थप बढ्ने नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सराम महतोले बताए।

निकुञ्ज र नवलपुर पर्यटन समितिबिच नवलपुरको मार्ग हुँदै निकुञ्जमा जिप सफारीको सम्झौता भएको जनाउँदै उनले उक्त सहमति अनुसार आधा दिन र पूरै दिन जिपबाट निकुञ्ज क्षेत्र भ्रमण गर्न सकिने जानकारी दिए।

आधा दिनको निकुञ्जभित्रको सफारीमा नवलपुरको अमलटारीघाट हुँदै टेम्पलटाइगर–मुन्डा ताल–देवीताल हुँदै सोही बाटो फर्कने तथा अमलटारीघाट–मुन्डा ताल–टाइगर टप्स हुँदै फर्कने मार्ग तोकिएको समितिका अध्यक्ष महतोले जानकारी दिए।

सम्बन्धित् समाचार