गृहपृष्ठ Featured संसद् विघटन विरूद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

संसद् विघटन विरूद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ ।

सर्वोच्च अदालतले संसद् विघटन विरूद्धको दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

बुधबार सर्वोच्चको संवैधानिक इजलासले संसद् विघटनविरुद्धको १६ वटा रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

सर्वाेच्च अदालतले राष्ट्रपति कार्यालय,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌काे कार्यालयलाई ७ दिनभित्र महान्यायाधिवक्ता कार्यालय मार्फत लिखित जवाफ पेस गर्न आदेश समेत दिएको छ ।

अधिवक्ता डा. प्रेमराज सिलवाल,कीर्तिनाथ शर्मा पाैडेललगायतले सुशीला कार्की नेतृत्वकाे सरकार र प्रतिनिधिसभा विघटनविरूद्ध सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए ।

Capture

सम्बन्धित् समाचार