एजेन्सी
काठमाण्डौ – आइसीसी महिला क्रिकेट विश्वकपको पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई १ सय २५ रनले हराउँदै फाइनलमा ठाउँ सुरक्षित गरेको छ । गुवाहाटीमा हिजो भएको खेलमा दक्षिण अफ्रिकाले दिएको ३ सय २० रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड ४२ ओभर ३ बलमा १९४ रनमा अलआउट भयो ।
त्यसअघि दक्षिण अफ्रिकाले पुरै ५० ओभरमा ७ विकेट गुमाउँदै ३१९ रन बनाएको थियो । अब दोस्रो सेमिफाइनल खेल भारत र अष्ट्रेलियाबीच आज हुँदैछ ।


 
 
 
				

 
				




 
																		 
																		