काठमाण्डौ – सार्वजनिक ऋण दायित्व २७ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्गअनुसार चालू आर्थिक वर्षको शुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा आसोज मसान्तसम्ममा ५० अर्ब ६० करोड वृद्धि भएको हो ।
अहिले कुल सार्वजनिक ऋण दायित्व २७ खर्ब २४ अर्ब ६५ करोड पुगेको छ । जुन कुल गार्हस्थ्य उत्पादनको ४४.६१ प्रतिशत हुन आउँछ । कुल सार्वजनिक ऋणमा असोज मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५३.९ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४६.९१ प्रतिशत रहेको कार्यालयले जानकारी दिएको छ ।
ऋण व्यवस्थापनको कार्यालयकाअनुसार चालू आर्थिक वर्षमा जम्मा ५ खर्ब ९५ अर्ब सार्वजनिक ऋण परिचालन गर्न लक्ष्य राखिएकामा असोज मसान्त सम्ममा एक खर्ब ८४ कराड ऋण प्राप्ति भएको छ । चालू आर्थिक वर्ष २०८२/८३ मा ऋण सेवा खर्चमा ४ खर्र्ब ११ अर्ब १ करोड बजेट विनियोजन भएकोमा असोज मसान्तसम्म एक खर्ब नौ अर्ब ८९ करोड भुक्तानी भएको कार्यालयले जानकारी दिएको ।



 
 
 
				

 
				




 
																		 
																		