गृहपृष्ठ Featured कपिलवस्तुको बाणगंगाबाट अबैध १ सय ७९ बोरा मल बरामद

कपिलवस्तुको बाणगंगाबाट अबैध १ सय ७९ बोरा मल बरामद

वैखरी अनलाइन, बाणगंगा

कपिलबस्तु प्रहरीले छापा हानेर एक सय ७९ बोरा डिएपी मल बरामद गरेको छ ।

जिल्लाको बणगंगा नगरपालिका वडा नम्बर १० मेचखुरीस्थित स्थानीय सुलेमानको गोदाममा शुक्रबार बिहान प्रहरीले छापा हानेर अनुदानको १ सय ७९ बोरा मल बरामद गरेको हो ।

सुराकीका आधारमा प्रहरी उपरीक्षक सन्तोष आचार्यको निर्देशनपछि इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक अर्जुन पौडेलको नेतृत्वको टोलीले त्यहाँ छापा हानेको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी उपरिक्षक सन्तोष आचार्यका अनुसार छापा हानेको मलको कुनै पनि कागजात नरहेको र त्यसलाई राजश्व अनुसन्धान कार्यालय वा भन्सार कार्यालयमा बुझाउने भन्ने विषयमा छलफल भइरहेको बताउनुभयो ।

यो घटनाले पनि कपिलवस्तुमा अनुदानको मलको व्यापक कालोबजारी हुने गरेको पुष्टि भएको छ। कृषि सहकारीले कृषकलाई वितरण गर्न आएको मल बढी मूल्य लिएर व्यापारीहरुलाई बेच्ने गरेको कृषकहरू बताउँछन् ।

सम्बन्धित् समाचार