वैखरी अनलाइन, तौलीहवा ।
कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले कार्यबिधि बनाएर टेम्पोको ब्यवस्थापन गरिने बताएका छन ।
पटक पटक ध्यानकर्षण गराउदा समेत कुनै सुनुवाई नभएको भन्दै कपिलस्तुका ५ यातायात प्रालिले आईतवार बिहान देखि अनिश्चितकालीन यातायात बन्द गरे पछि तौलिहवा स्थित बसपार्कमा पुगेर मेयर पौडेले सो कुरा बताएका हुन ।
उनले ५ वटै यातायात प्रालिका प्रतिनिधि र टेम्पो ब्यवसायीसंग सामुहिक छलफल गरी कार्तिक २५ गते भित्र निकास निकाल्ने समेत बताए । बुद्धभुमी र बाणगंगा नगरपालिकाले टेम्पो ब्यवस्थापनकालागि बनाएको कार्यबिधि मगाएर अध्यनन समेत गरिने र ब्यवसायीसंग छलफल गरी कार्यबिधि बनाईने बताए । उनले कार्यबिधिको पालिकामा ड्राफ्ट समेत तयार भई सकेको समेत बताए ।
‘ टेम्पो ब्यवस्थापनका लागि अब ढिलाई गर्दैनौ, चाडै निकास दिन्छौ ’ उनले भने । कुराकानीकै क्रममा बसपार्क जीर्ण र फोहर भएको भन्ने यातायात ब्यवसायीले गुनासो गरे पछि मेयर पौडेलले बसपार्क व्यवस्थित बनाउन यस वर्ष १० लाख बजेट विनियोजन गरिएको बताए ।
सबै मिलेर बस पार्कलाई ब्यवस्थित बनाउनु पर्ने उनले बताए । मेयर पौडेलको प्रतिबद्धतासँगै आईतवार बिहान यातायात व्यवसायीले बन्द गरेको यातायात दिउसोबाट खुलेका छ ।
चार दिन अघि टेम्पो ब्यवस्थापनका माग गर्दै कपिलवस्तु,पश्चिम नेपाल, बुटवल, सिद्धार्थ र कृष्णनगर यातायात प्रालिले तत्कालीन प्रजिअ दिल कुमार तामाङ र कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेललाई ज्ञापन पत्र बुझाएका थिए । जथाभावी टेम्पो चलाईदा आफुहरुको रोजीरोटीमा समस्या परेको यातायात ब्यवसायीको गुनासो छ ।










