गृहपृष्ठ Featured निकोलस भुसालमाथि अनुसन्धान गर्न ५ दिनको म्याद

निकोलस भुसालमाथि अनुसन्धान गर्न ५ दिनको म्याद

काठमाडौं-  विवादास्पद र भड्काउ अभिव्यक्तिका कारण पक्राउ परेका डा. निकोलस भूसालविरुद्ध अनुसन्धान गर्न प्रहरीले पाँच दिनको म्याद दिएको छ।

सार्वजनिक शान्तिविरुद्धको कसुरमा उनीविरुद्ध पाँच दिनको म्याद थप भएको हो। काठमाडौं जिल्ला अदालतले आज बुधबार भूसाललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई मंगलबार गोरखाबाट पक्राउ गरेको हो।  उनी गोरखा नगरपालिका–८ सरस्वती आश्रमबाट पक्राउ परेका थिए ।

उनले सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह लगायतको नाम लिँदै हिंसात्मक अभिव्यक्ति दिएका थिए। त्यस्तै, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक विरुद्ध उनले पनि अराजक अभिव्यक्ति दिएका थिए ।

सम्बन्धित् समाचार