गृहपृष्ठ Featured बालेन ‘जेनजी’ आन्दोलनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए

बालेन ‘जेनजी’ आन्दोलनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए

काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ‘जेनजी’ आन्दोलनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका छन् ।

बालेन आज महानगरपालिकाको वडा नम्बर ८ जयबागेश्वरी, गायत्री मार्गमा रहेको ब्रह्माको मन्दिर उद्घाटनको कार्यक्रममा देखिएका हुन् ।

०८१ सालमा शिलान्यास र जगपूजा गरिएको मन्दिरको पुनर्निर्माण सम्पन्न भएपछि बालेन उद्घाटनमा लागि पुगेका थिए ।

भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनपछि बालेन सार्वजनिक कार्यक्रममा गएका थिएनन् ।

उद्घाटन कार्यक्रममा उपप्रमुख सुनिता डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नम्बर ८ का अध्यक्ष आशामान संगत पुगेका थिए ।

सम्बन्धित् समाचार