गृहपृष्ठ Featured कपिलवस्तुमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तुमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका–३ मा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्को व्यक्ति गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार लु ८३ प ७६९२ नम्बरको मोटरसाइकलका चालकको घटनास्थलमै मृत्यु भएको हो। मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

सोही दुर्घटनामा गम्भीर घाइते भएका अर्का व्यक्तिलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगिएको प्रहरीले जानकारी दिएको छ।

घटनाको विस्तृत विवरण र कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

सम्बन्धित् समाचार