बिष्णु गैरे, बाणगंगा ।
बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा यही मंसिर १८ गतेदेखि पुष १ गतेसम्म हुने १६ औँ कपिलवस्तु महोत्सवमा १४ औँ कपिलवस्तु डान्स आईडल हुने भएको छ ।
जिल्लामा नृत्यमा रुचि राख्नेहरुकाबीच प्रतिस्पर्धा गराउने उद्देश्यले १४ औँ कपिलवस्तु डान्स आइडलको आयोजना गर्न लागिएको आज पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।
नृत्यमा रुची भएकाहरुका लागि आफ्नो प्रतिभा देखाउने डान्स आईडल एक महत्वपूर्ण प्याटफर्म भएको आयोजक बाणगंगा वेलफेयर सोसाइटीका अध्यक्ष राज कुमार खाणले जानकारी दिए । उनले आईडलमा प्रतियोगी छनोटको प्रक्रिया केही दिनमै सुरु गर्ने तयारी रहेको समेत बताए ।
डान्स आइडलमा प्रथम हुनेले रु १ लाख २१ हजार १२१ नगद र चादीको टोपी र द्धित्तिय हुनेले ८१ हजार १८१ र तृतिय हुनेले ६१ हजार १६१ नगद पाउने आयोजक बाणगंगा वेलफेयर सोसाइटीका महासचिव बुद्धि बहादुर रोकाहा दिनेश क्षेत्रीले जानकारी दिए ।

नृत्युप्रति रुचि भएकाहरुले बाणगंगा वेलफेयर सोसाइटीको कार्यालय चारनम्बरमा सम्पर्क गर्न सक्ने सोसाइटीका सदस्य खडक बहादुर क्षेत्रीले बताए ।
१६ औँ कपिलवस्तु महोत्सव बाणगंगा नगरपालिकाको चारनम्बरमा अवस्थित बुद्धरंगशालामा हुदैं छ ।









