गृहपृष्ठ Featured करेन्ट लागेर एक युवकको मृत्यु

करेन्ट लागेर एक युवकको मृत्यु

रूकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

आठबिसकोट नगरपालिका–२ का २२ वर्षीय प्रकाश थापाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरि पुनले बताए।

आठबिसकोट–३ मा शुक्रबार दिउँसो इन्टरनेटको तार जोड्ने क्रममा विद्युत तार छुन पुग्दा थापालाई करेन्ट लागेको पुनले बताए।

अचेत अवस्था थापालाई जिल्ला अस्पताल सल्ले पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित् समाचार