काठमाणडौ – श्रीलङ्कामा भइरहेको काभा महिला १९ वर्षमुनिको भलिबल च्याम्पियनशिपमा आज सेमिफाइनलका खेलहरु हुँदैछन् । पहिलो सेमिफाइनलमा नेपाली समयअनुसार दिउँसो २ बजे श्रीलङ्का र कीर्गिस्तानसँग खेल्दैछ ।
यस्तै दोश्रो खेलमा दिउँसो साढे ४ बजे नेपाल र माल्दिभ्ससँग खेल्दैछ । राउन्ड रोबिन लिगपछि अङ्क तालिकाको शीर्ष र चौथो तथा दोस्रो र तेस्रो टोलीबीच सेमिफाइनल हुन लागेको हो । नेपालले पहिलो खेलमा कीर्गिस्तानसँग हारेको थियो ।
दोश्रो खेलमा श्रीलङ्कालाई र तेश्रो खेलमा माल्दिभ्सलाई हराएको हो । तीन खेलमा दुई जीतसहित नेपाल शीर्ष स्थानमा छ । यसैगरी अङ्क तालिकामा श्रीलङ्का दोश्रो, कीर्गिस्तान तेश्रो र माल्दिभ्स चौथो स्थानमा छ । प्रतियोगितामा चार वटा टोलीको सहभागिता छ । फाइनल खेल र तेस्रो स्थानका लागि भोलि प्रतिस्पर्धा हुनेछ ।









