नेपाल प्रिमियर लिग (एनपीएल) को टिम लुम्बिनी लायन्सले आफ्नो नयाँ जर्सी बिक्रीको लागि बजारमा सार्वजनिक गरेको छ । यो जर्सीमा नेपालीपन झल्काउने ढाका ढाँचाको प्रयोग गरिएको छ, जसले परम्परा, पहिचान र गौरवको प्रतीकका रूपमा लुम्बिनीको आत्मालाई प्रतिनिधित्व गर्छ ।
नयाँ जर्सी अहिले अनलाईनमा दराज तथा अन्य छानिएका अनलाइन प्लेटफर्महरूमा उपलब्ध रहेको छ । साथै, लुम्बिनी प्रदेशका प्रशंसकहरूलाई सहज रूपमा पहुँच दिलाउने उद्देश्यले, लुम्बिनी लायन्सले लुम्बिनी प्रदेशका सबै १२ जिल्लामा आफ्नो जर्सी बिक्री केन्द्रहरू स्थापना गर्ने तयारी समेत गरेको छ ।
त्यसैगरी, काठमाडौंमा पनि अनलाइन बिक्रीसँगै आधिकारिक बिक्री केन्द्र स्थापना गर्ने तयारी भइरहेको लुम्बिनी लायन्सले जनाएको छ । उपत्यकाका फ्यानहरूले पनि सहज रूपमा टिमको आधिकारिक जर्सी प्राप्त गर्न सकून् भन्ने उद्देश्यका साथ यसो गर्न लागिएको हो ।









