गृहपृष्ठ Featured प्रदेश सांसद अन्सारीले आफैँले आफैँलाई कालोमोसो दलेपछि..

प्रदेश सांसद अन्सारीले आफैँले आफैँलाई कालोमोसो दलेपछि..

नेकपा माओवादी केन्द्रका प्रदेश सांसद रहबर अन्सारीले प्रदेश सभामा सम्बोधन गर्दै आफैँले आफैँलाई कालोमोसो दलेका छन्।

जेन-जी आन्दोलनपश्चात् देशको अवस्था फेरिए पनि पार्टीहरूका शीर्ष नेताहरूको चरित्र नबदलेको भन्दै उनले आक्रोशित हुँदै कालोमोसो दलेका हुन्।

मुलुकमा संघीय वयवस्था भए पनि प्रदेशमा कसको नेतृत्वमा सरकार बन्ने? को मुख्यमन्त्री बन्ने ? सबै केन्द्रले निर्णय गरेपछि आफूहरूले नैतिक धरातल गुमाइसकेको उनले बताए। मुख्यमन्त्री जितेन्द्र सोनलले आज विश्वासको मत लिने कार्यसूची रहेको छ।

सभामा माओवादी केन्द्रको सांसद माला कर्णले पार्टीको  ह्विपविपरीत मुख्यमन्त्रीलाई विश्वासको मत नदिने घोषणा गरेकी छिन्। यस्तोमा मुख्यमन्त्री सिनलले विश्वासको मत पाउने सम्भावना कम देखिएको छ।

सभामा जनमतका निवर्तमान मुख्यमन्त्री सतिश सिंह र त्रिभुवन साह अनुपस्थित रहेका छन्।

सम्बन्धित् समाचार