गृहपृष्ठ Featured बुद्धभूमिमा निःशुल्क आखाँ शिबिर : ९ सय २३ जना लाभान्वित, १०५ जनाको अप्रेशन

बुद्धभूमिमा निःशुल्क आखाँ शिबिर : ९ सय २३ जना लाभान्वित, १०५ जनाको अप्रेशन

कपिलवस्तु ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ५ चौरीमा भएको निःशुल्क आँखा शिबिरमा ९ सय २३ को आँखा जाँच गरी १ सय ५ जनाको मोतियाबिन्दु अप्रशेन गरिएको छ । बुद्धभुमी नगरपालिकाको आयोजना तथा छन्दकाले आँखा अस्पताल बहादुरगंजको प्राबिधिक सहयोमगा २ दिने शिबिर गरिएको वडाध्यक्ष रोमबहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो ।

शिबिरमा ९ सय २३ जनाको आँखाको जाच गरी फेला पारेका मोतिया बिन्दुका बिरामीको निःशुल्क अप्रशेन गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख बिष्णु देब खनालले बताए ।

शिबिरमा १ सय ५५ जनालाई निःशुल्क चश्मा समेत बिरतण गरिएको थियो । सो अवसरमा मेयर केशव कुमार श्रेष्ठले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको बताए ।

उनले गरीब र बिपन्नलाई लक्षित गरी वडा वडामा आँखा शिबिर संचालन गरिएको बताए । शिबिरले आखाका रोगहिरुले घरदैलौ मै सेवा पाएर लाभान्वित भएको बताए ।

मोतिया बिन्दुको अप्रेशन पछि बृद्धबृद्धाहरुले आफुहरुले नया जीवन पाएको अनुभुति भएको भन्दै हर्षित बनेका छन ।

सम्बन्धित् समाचार