गृहपृष्ठ Featured पिपरा कोठी बनको अध्यक्षमा भिमसेन कार्की निर्वाचित, एक जना बाहेक प्यानलनै बिजयी

पिपरा कोठी बनको अध्यक्षमा भिमसेन कार्की निर्वाचित, एक जना बाहेक प्यानलनै बिजयी

वैखरी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर २ मा रहेको पिपरा कोठी महिला सेवा सामुदायिक बन उपभोक्ता समुहको अध्यक्ष पदमा भिमसेन कार्की निर्वाचित भएका छन । नेपाली कांग्रेस र राष्ट्रीय स्वतन्त्र पार्टीको प्यानलबाट अध्यक्ष पदका उम्मेदवार कार्की अध्यक्ष पदमा बिजयी भएका हुन । एक जना सदस्य बाहेक नेपाली कांग्रेस र राष्ट्रीय स्वतन्त्र पार्टीको प्यानलबाट उम्मेदवार बनेका सबै बिजयी भएका हुन ।

६७० कुल मत खसेको थियो । निर्वाचित अध्यक्ष पदका उम्मेदवार भिमसेन कार्कीले सबैलाई मिलाएर लैजाने साथै सम्बृद्ध बन र बिकसित वडा निमार्णका लागी प्रतिबद्ध भई काम गर्ने बताएका छन ।

अध्यक्ष पदका उम्मेदवार भिमसेन कार्कीले २२६ मत ल्याउदै बिजयी भएका भएका हुन । त्यस्तै अध्यक्ष पदका अर्का उम्मेदवार झलक बहादुर कार्कीले २०९ मत ल्याएका छन भने अध्यक्ष पदकै अर्का उम्मेदवार शंकर कार्कीले १५३ मत र राम प्रसाद भट्टराइले २६ मत ल्याएका छन ।

त्यस्तै उपाध्यक्षमा राधा घिमिरेले ३३७, सचिवमा ममता राना मगर ३०५ कोषाध्यक्षमा श्याम बहादुर क्षेत्रीले २९५, सहसचिवमा राजेन्द्र थारु ३१९ मत ल्याउदै बिजयी भएका छन ।

यसैगरी सदस्यहरुमा बिष्णु थापा, शोभाखर भुसाल, बुद्धि बहादुर कार्की, शेर बहाहुर कार्की र भुमीसरा सारु, राधिका कालिराज, बिष्णु कुमारी पौडेल, बिमला मल्ल, सपना राना, जानका गैरे बिजयी भएका छन ।

त्यस्तै लेखा समिति संयोजकमा खिमानन्द घिमिरेले ३११ मत ल्याउदै लेखा समिति संयोजकमा बिजयी भएका हुन ।

यस्तो अन्तीम मत परिणाम

सम्बन्धित् समाचार