गृहपृष्ठ Featured ग्रिजमनप्रेरित एट्लेटिकोलाई तीन अंक

ग्रिजमनप्रेरित एट्लेटिकोलाई तीन अंक

काठमाडौं ।

फ्रेन्च फरवार्ड एन्टोइन ग्रिजमनप्रेरित एट्लेटिको मड्रिडले स्पेनिस ला लिगामा सहज जित निकालेको छ । शनिबार घरेलु मैदान मेट्रोपोलिटानो रंगशालामा एट्लेटिकोले लेभान्तेविरुद्ध ३–१ को जित निकालेको हो ।

एट्लेटिको मड्रिडको जितमा एन्टोनी ग्रिजम्यानले दुई गोल गरे । एट्लेटिकोले अर्को एक गोल भने आत्मघाती उपहार पाएको थियो ।

खेलको १२औँ मिनेटमा लेभान्तेका एड्रियन डी ला फुएन्टेबाट आत्मघाती गोल भएपछि एट्लेटिकोले अग्रता बनाएको थियो । २१औँ मिनेटमा लेभान्तेका मानु सान्चेजले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याएका थिए ।

पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो । दोस्रो हाफमा एट्लेटिको मड्रिडले दुई गोल गरेको हो ।

६१औँ मिनेटमा ग्रिजम्यानले गोल गर्दै एट्लेटिको मड्रिडलाई २–१ को अग्रता दिलाए । ८०औँ मिनेटमा ग्रिजम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिको मड्रिडलाई ३–१ को जित दिलाएका हुन् ।

जितसँगै लिगको चौथो स्थानमा रहेको एट्लेटिको मड्रिडले १२ खेलबाट २५ अंक जोडेको छ । समान खेलबाट नौ अंकको लेभान्ते तालिकाको १७औँ स्थानमा छ । लिगको शीर्ष स्थानमा रहेको रियाल मड्रिडले ११ खेलबाट ३० अंक जोडेको छ ।

सम्बन्धित् समाचार