फाइल तस्वीर
काठमाण्डाै – मनाङमा गएको कात्तिक ३ गतेदेखि हराइरहेका दुई जना भारतीय नागरिकको शव भेटिएको छ ।
ङिस्याङ गाउँपालिका–४ मा रहेको ग्याल्सेन होटलबाट कात्तिक ३ गते मिलारेपा गुम्बा घुम्न जाने भन्दै हिँडेका ५२ वर्षीय जिग्नेस कुमार लल्लु भाइ पटेल र उहाँकी १७ वर्षीया छोरी प्रियन्साकुमारी पटेलको शव फेला परेको सशस्त्र प्रहरीका प्रवक्ता एवम् डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
बाबुछोरी सम्पर्कविहीन भएपछि होटलले खोजीकार्यका लागि सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङलाई जानकारी गराएको थियो । तालिम शिक्षालय मनाङले खोजीकार्य गरिरहेकोमा नभेटिएपछि सशस्त्र प्रहरी नायब उपरीक्षक हिराबहादुर जीसीको कमान्डमा उद्धार सामग्रीसहित खटिएको माउन्टेन रेस्क्यु तालिम प्राप्त टालीले आज उनीहरूको शव भेटाएको हो ।
गुम्बाबाट झन्डै सय मिटरमाथि हिउँले पुरिएको अवस्थामा शव फेला पारेको डीएसपी थापाले जानकारी दिनुभयो ।









