गृहपृष्ठ Featured मायादेवी साझेदारी वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

मायादेवी साझेदारी वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको मायादेवी साझेदारी वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त कार्यक्रम आज आइतबार बाणगंगा नगरपालिका–४, गजेहडामा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले सामुदायिक वनले वन संरक्षणसँगै ग्रामीण आर्थिक सशक्तीकरणमा पु¥याएको योगदान उच्च रहेको बताउनुभयो । उहाँले वन क्षेत्रको संरक्षण र स्थानीय स्तरमा रोजगारी सृजना गर्ने काममा उपभोक्ता समूहको भूमिका सराहनीय रहेको उल्लेख गर्नुभयो ।

उहाँले वन अतिक्रमण रोक्नुपर्नेमा जोड दिदैं वन साँझा सम्पत्ति भएकाले यसको संरक्षण सबैको साँझा दायित्व भएको बताउनुभयो । उहाँले वन संरक्षणसंगै वनले सामाजिक विकासमा योगदान दिन स्थानीय सरकारसंग मिलेर हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।

 

साथै सो अवसरमा साझेदारी बनको आर्थिक प्रतिवेदन कोषाध्यक्ष राकेश यादवले प्रस्तुत गर्नु भएको थियो । आगामी आर्थिक बर्षका लागी करिव १० करोड बराबरको बजेट प्रस्तुत गर्दै कोषाध्यक्ष यादवले रचनात्मक क्रियाकलापलाई प्राथमिकता दिदै बन संक्षरण र सामुदायिक बिकासमा निरन्तर लाग्ने बताउनु भयो ।

त्यस्तै डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख ईश्वरी प्रसाद पौडेलले वनको दिगो व्यवस्थापनका लागि स्थानीयको सक्रियता र पारदर्शिता आवश्यक रहेको बताउँदै सामुदायिक वनले स्थानीय समुदायमा पर्यावरणीय सचेतना बढाएको धारणा राख्नुभयो ।

बाणगंगा नगरप्रमुख चक्रपाणी अर्यालले वन संरक्षणका कार्यमा नगरले सहयोग गर्दै आएको बताउँदै सामुदायिक वन र स्थानीय सरकारबीच सहकार्य अझ सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वनहरु समृद्धि हासिल गर्नमा बरदान सावित भएको बताउनुभयो ।

शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीले वन संरक्षण र स्रोतको दिगो उपयोगका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताउनुभयो ।
कार्यक्रमका अध्यक्षसमेत रहनु भएका वन उपभोक्ता समूहका अध्यक्ष दिनेश जयसवालले विगत वर्षको गतिविधि र र आगामी वर्षका योजना प्रस्तुत गर्नुभएको थियो ।

उहाँले सामुदायिक वनको आय–व्यय पारदर्शी रूपमा संचालन गर्दै वातावरणीय, सामाजिक र आर्थिक विकासमा योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले यस गत बर्ष मायादेवी साँझेदारी वन देशमै तेस्रो हुन सफल भएको स्मरण गर्दै अब प्रथम हुने गरि लाग्ने जिकिर गर्नुभयो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले विगत वर्षका कार्यक्रमको समीक्षा गर्दै भावी योजनाको कार्यान्वयन पक्षलाई प्रभावकारी बनाउनुपर्नेमा जोढ दिएका थिए ।

समूहका अध्यक्ष जयसवालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष शैलेन्द्रकुमार यादवले राखेका थिए । कार्यक्रमको संचालन लेखा व्यवस्थापक शिवराज चौधरीले गरेका थिए ।

सम्बन्धित् समाचार