गृहपृष्ठ Featured बुटवलमा खुल्यो साढे ३ अर्ब लगानीमा पाँचतारे होटल ‘ह्यात प्लेस’

बुटवलमा खुल्यो साढे ३ अर्ब लगानीमा पाँचतारे होटल ‘ह्यात प्लेस’

२३ कात्तिक, बुटवल ।

लुम्बिनी प्रदेशको आर्थिक केन्द्र र औद्योगिक नगर रुपन्देही बुटवलमा ३ अर्ब ५० करोड लगानीमा पाँचतारे होटल ह्यात प्लेस सञ्चालनमा आएको छ ।

आन्तरिक र विदेशी पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको आतिथ्य सेवा दिने उद्देश्यले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडि २५ कट्ठा क्षेत्रफलमा बनेको १० तले भवनमा १ सय ९ कोठासहित होटल सञ्चालनमा आएको हो । यो बुटवलको पहिलो पाँचतारे र यस क्षेत्रको सबैभन्दा ठूलो होटल हो ।

सुरुमा होटल सेफ्रोनका नाममा निर्माण सुरु भए पनि निर्माण सम्पन्नपछि अन्तर्राष्ट्रिय होटल चेन ह्यात प्लेस नाममा सञ्चालनमा आएको हो । ह्यात ब्रान्ड सन् २००६ मा सुरु भई अहिले संसारभरि ४ सय २० भन्दा बढी स्थानमा फैलिएको छ ।

बुटवलमा पाँचतारे होटल नभएकाले रुपन्देहीको अग्रणी औद्योगिक घराना यशोदा फुड्स ग्रुपले होटलमा लगानी गरेको हो । होटलमा व्यवसायीहरू चुन्नुप्रसाद पौडेल, कमलकिशोर मालपानी, नरिश्वर शर्मा पौडेल, भूमिराज पौडेल, श्रवण बेरिवाल र रेखा मालपानी गरी ६ जनाको संयुक्त लगानी छ ।

सम्बन्धित् समाचार