गृहपृष्ठ Featured जनता स्काउट दलको प्रथम दिक्षान्त कार्यक्रम सम्पन्न

जनता स्काउट दलको प्रथम दिक्षान्त कार्यक्रम सम्पन्न

सीता बेल्बासे,कात्तिक २३ गते
जनता स्काउट दलको प्रथम दिक्षान्त कार्यक्रम वाणगंगगा २ पिपरामा रहेका जनता माध्यमिक बिद्यालयमा सम्पन्न भएको छ । जनता स्काउट दलले आइतबार जनता माविमा अध्यनरत ४८ जना विद्यार्थिलाई दिक्षित गरेको हो ।

दिक्षान्त कार्यक्रमको प्रमुख अथितिका रुपमा बोल्दै वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले स्काउटले विद्यार्थीलाई नैतिकता र जिम्मेवारी संगै परोपकारी बन्न सिकाउने बताउनुभयो ।

उहाँले विपदको समय र मानवीय संकटको समयमा सहायता र उद्दारको काम गर्ने भावनाको विकास स्काउटले पूर्ण रुपमा गराउने उल्लेख गर्नुभयो ।

साथै समृद्ध नगरपालिका निर्माणका लागि स्काउट आवश्यक रहेको भन्दै आगामी दिनमा हातेमालो गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस्तै नेपाल स्काउट राष्ट्रिय परिषद सदस्य गुणाखर गैरेले स्काउटले विद्यार्थीहरुलाई सेवाको भावना संगै परोकारी काम गर्न उत्प्रेरित गर्ने बताउनुभयो ।

उहाँले सबै विद्यालयमा स्काउट सञ्चालन गर्न आवश्यक रह्को भन्दै हरेक विद्यालयमा विद्यार्थीको संख्या बढाएर स्काउट सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । स्काउटको गतिविधिलाई थप चलायमान बनाउन नगरपालिकाले बजेटको व्यवस्था गर्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक एवं जनता स्काउट दलका अध्यक्ष रमेश पन्थिले विद्यालयकोे सक्रियताले जनाता माविले स्काउट स्थापना गराउन सकेको बताउनु भयो । यसको उद्देश्य परिपूर्तिका लागि सबै लाग्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा पत्रकार अशोक पौडेल, स्काउट सदस्य सीता खनाल,गंगाराम बेल्बासे,शिक्षक शम्भु प्रसाद अधिकारी, जनता माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक लक्ष्मी भण्डारी,स्काउट सदस्य अमृत सुनार, नेपाल स्काउट लुम्बिनी प्रदेश परसिद सदस्य कमल घिमीरे तथा वडा न. २ का वडा अध्यक्ष बिष्णु प्रसाद पौडेल लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रमेश पन्थीको अध्यक्षता रहेको कार्यक्रममा धर्म सभाबाट सुरु गरि स्काउट मास्टर बिक्रम बेल्बासेको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन स्काउट मास्टर सरस्वति जिसी गर्नुभएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए । हाल जनता स्काउट दलमा १८जना छात्र ३०जना छात्रा गरी ४८जना विद्यार्थि स्काउटमा सहभागि रहेका छन्

सम्बन्धित् समाचार