मधेस प्रदेशमा एमाले केन्द्रीय सदस्य एवम् संसदीय दल नेता सरोजकुमार यादव मुख्यमन्त्रीमा नियुक्त भएका छन्।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले अबेर राति यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्।
प्रदेश प्रमुखले संविधानको धारा १६८ (३) बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी छन्। प्रदेश सभामा नेकपा एमाले सबैभन्दा ठूलो दलको रूपमा रहेको छ।









