काठमाडौंमा जुवातास खेल्ने खेलाउने २१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौंको चन्द्रागिरि नगरपालिका–८ लुङकोटका दिवाकर महर्जनको घरको घरमा जुवातास खेलिरहेका तथा खेलाउने गरी १५ पुरुष र ६ जना महिलालाई प्रहरीले सोमबार साँझ नियन्त्रणमा लिएको हो।
उनीहरूको साथबाट प्रहरीले १६ लाख ५३ हजार रुपैयाँ पनि बरामद गरेको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।









