दाङ — अवैध रूपमा नदीजन्य पदार्थ ढुंगा र बालुवा उत्खनन गर्ने पाँच वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरी टोलीले सोमबार बबई गाउँपालिका–७ ओदाले र बेलासपुर क्षेत्रमा अवैध रूपमा ढुङ्गा र बालुवा उत्खनन गर्ने तीन ट्याक्टर नियन्त्रणमा लिएको छ ।
रा.१त.२५५९, लु.२त.९५७२ र रा.१त.४८४० नम्बरका ट्याक्टर नियन्त्रणमा लिई बबई गाउँपालिकाबाट प्रतिट्याक्टर १० हजार रुपैयाँका दरले जरिवाना गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहले बताए ।
यसैगरी इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको टोलीले आइतबार गढवा गाउँपालिका–४ पर्सियास्थित राप्ती खोलाबाट मिस्कट उत्खनन गरी लैजाँदै गरेका रा.१त.३२०१ र रा.१त.२७९७ नम्बरका दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । उक्त ट्याक्टरहरूलाई गढवा गाउँपालिकाले प्रतिट्याक्टर ३० हजार रुपैयाँका दरले जरिवाना गरेको डीएसपी शाहले बताए ।









