गृहपृष्ठ Featured कपिलवस्तुमा २१८ बोरा भारतीय युरिया मल बरामद

कपिलवस्तुमा २१८ बोरा भारतीय युरिया मल बरामद

कपिलवस्तु, कार्तिक २५ ।

कपिलवस्तुको यशोधरा गाउँपालिका–७ मर्यादपुर सीमा नाकाको पश्चिमपट्टि रहेको एक बगैंचाबाट २१८ बोरा भारतीय युरिया मल बरामद गरिएको छ ।

विशेष सूचनाको आधारमा सुठौली भन्सार कार्यालय र सशस्त्र प्रहरी बल बीओपी डंगरीको संयुक्त टोलीले अवैध रूपमा भित्र्याइएको सो मल फेला पारेको हो ।

भन्सार कार्यालय सुठौलीका प्रमुख किरण बिष्टका अनुसार बगैंचामा बेवारिसे अवस्थामा लुकाइ–छिपाइ राखिएको अवस्थामा युरिया मल फेला परेको थियो ।

उहाँले बरामद गरिएको मललाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा ल्याइएको जानकारी दिनुभयो ।

सम्बन्धित् समाचार