चीनले मुसासहित अन्तरिक्षमा पठाएको यान सफलतापूवर्क पृथ्वीमा फर्किएको छ । अन्तरिक्षमा जीवन–विज्ञान परीक्षणका लागि पठाइएका चार वटा मुसासहित वैज्ञानिकहरूको टोली चीन अन्तरिक्ष स्टेशनबाट पृथ्वीमा फर्किएको हो ।
यी नमूनाहरू चिनियाँ वैज्ञानिकहरूको टोलीलाई औपचारिक रूपमा हस्तान्तरण गरेको चिनियाँ एकेडेमीका स्रोतहरू उद्धृत गर्दै ग्लोबल टाइम्सले जानकारी दिएको छ । फिर्ता गरिएका नमूनाहरूमा जीवन विज्ञान, सामग्री विज्ञानसँग सम्बन्धित २६ प्रयोगात्मक परियोजनाहरू समावेश छन् ।
वैज्ञानिकहरूले पृथ्वी फर्काइएका मुसाहरूको व्यवहार, प्रमुख शारीरिक सङ्केतकहरू तथा जैव–रासायनिक सूचकहरूको प्रारम्भिक परीक्षण गर्दै अन्तरिक्ष वातावरणमा देखिने तनाव प्रतिक्रिया तथा अनुकूली परिवर्तनहरूको विश्लेषण गर्ने तयारी गरेका छन् । यस्ता परीक्षणहरूले जीवहरूमा अन्तरिक्ष वातावरणले पार्ने व्यापक प्रभाव बुझ्न महत्वपूर्ण वैज्ञानिक आधार प्रदान गर्नेछन् ।








